गोकर्णेश्वर स्पोर्ट सीटी बन्दै

काठमाडौँ, १ भदौ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरपालिकालाई स्पोर्ट सीटीको रुपमा चिनाउने गरी काम भइरहेको बताउनुभएको छ ।

खेलकुदका हरेक समस्यामा आफू राम्रोसँग परिचित भएको भन्दै उहाँले आफू सानै उमेरदेखि भलिबल लगायतका खेलकुदको प्रेमी भएको उहाँले स्पष्ट पार्नुभयो । शुक्रबार नगरपालिकाले निर्माणाधिन खेलकुद भवनको अनुगमन गर्दै उहाँले करिब ३० रोपनी क्षेत्रमा करिब १२ करोड रुपियाँको लागतमा बहुउद्देश्य खेलकुदको योजना निर्माण कार्य शुरु भएको बताउनुभयो । वडा नं. १ देखि ४ सम्मका वडामा खेलकुदको संचना निर्माण गरिने नगर प्रमुख रिसालले स्पष्ट पार्नुभयो । करिब फागुन महिनामा यस क्षेत्रमा राष्ट्रपती कप खेल हुँदैछ त्यसको तयारीको साथ नगपालिकाले अगाडि बढेको रिसालले बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले नगरपालिकाले अहिले ठूला आयोजना कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभएको छ । उहाँले यस्तो बताउनु भएको हो । नगरपालिकाले खेलकुदको पूर्वाधार निर्माण गर्न लागिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “नगरपालिकामा मेरो कार्यकाल पूरा भइसकेपछि पनि गोकर्णेश्वर नगरपालिकाले मेरो भूमिकालाई सम्झिनै रहने छ भन्ने मैले विश्वास गरेको छु ।” नगरपालिका अनुसार खेलकुदको पूर्वाधार निर्माण गर्नका लागि जग्गा उपलब्ध भएको छ की छैन भनेर हेरेर प्रदेश सभाका सांसदसँग जनप्रतिधिमार्फत भन्न लगाएर जग्गा उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालविवाह अन्त्यका लागि त्यसका मूल कारण पहिचान गरी काम

काठमाडौँ, १७ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय

काठमाडौँ, १६ बैशाख । सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेको छ । मनसुनको

काठमाडौँ, १६ बैशाख । कांग्रेस सभापति गगनकुमार थापाले आफ्नै बहुमत सरकारको संसद्‍प्रति नै विश्वास नभएको बताएका छन् । आज उनले