गोकर्णेश्वर स्पोर्ट सीटी बन्दै

काठमाडौँ, १ भदौ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले गोकर्णेश्वर नगरपालिकालाई स्पोर्ट सीटीको रुपमा चिनाउने गरी काम भइरहेको बताउनुभएको छ ।

खेलकुदका हरेक समस्यामा आफू राम्रोसँग परिचित भएको भन्दै उहाँले आफू सानै उमेरदेखि भलिबल लगायतका खेलकुदको प्रेमी भएको उहाँले स्पष्ट पार्नुभयो । शुक्रबार नगरपालिकाले निर्माणाधिन खेलकुद भवनको अनुगमन गर्दै उहाँले करिब ३० रोपनी क्षेत्रमा करिब १२ करोड रुपियाँको लागतमा बहुउद्देश्य खेलकुदको योजना निर्माण कार्य शुरु भएको बताउनुभयो । वडा नं. १ देखि ४ सम्मका वडामा खेलकुदको संचना निर्माण गरिने नगर प्रमुख रिसालले स्पष्ट पार्नुभयो । करिब फागुन महिनामा यस क्षेत्रमा राष्ट्रपती कप खेल हुँदैछ त्यसको तयारीको साथ नगपालिकाले अगाडि बढेको रिसालले बताउनुभयो ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले नगरपालिकाले अहिले ठूला आयोजना कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभएको छ । उहाँले यस्तो बताउनु भएको हो । नगरपालिकाले खेलकुदको पूर्वाधार निर्माण गर्न लागिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “नगरपालिकामा मेरो कार्यकाल पूरा भइसकेपछि पनि गोकर्णेश्वर नगरपालिकाले मेरो भूमिकालाई सम्झिनै रहने छ भन्ने मैले विश्वास गरेको छु ।” नगरपालिका अनुसार खेलकुदको पूर्वाधार निर्माण गर्नका लागि जग्गा उपलब्ध भएको छ की छैन भनेर हेरेर प्रदेश सभाका सांसदसँग जनप्रतिधिमार्फत भन्न लगाएर जग्गा उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’