भक्तपुर, २ असार । नागरिकलाई राष्ट्र निर्माणसँग जोड्ने अभियानका रुपमा भक्तपुरमा सञ्चालमा रहेको राष्ट्रको लागि दुई घण्टा अभियानको आज १५औं हप्ता सम्पन्न गरिएको छ ।
जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली चोकमा स्थित अरनिको राजमार्गमा गरिएको सरसफाई अभियानको क्रममा राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुमा वातावरण प्रदुषण नियन्त्रणका उपाहरु सहितको स्ट्रिकर वितरण गरिएको थियो । स्ट्रिकर गौरीशंकर +२ कलेज, बालकुमारी, महालक्ष्मी ललितपुर र हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वरको प्रायोजनमा उक्त स्ट्रिकरहरु वितरण गरिएको हो । सामाजिक उक्तरदायत्वि अन्तरगत गौरीशंकर +२ कलेजले समेत उक्त अभियानमा विशेष सहयोग गरेको हो । कलेजले हाल विज्ञान, कानुन तथा व्यवस्थापन संकायहरुमा प्राविधिक तथा सैद्धान्तिक शिक्षा दिई नेपाली सक्षम युवा अध्ययनको लागि विदेशीनुपर्ने बाध्यताको न्युनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जसले नेपालको ठूलो रकम विदेश जानबाट रोकिदैँ आएको छ ।

अभियानका अध्यक्ष मधु ढुङ्गेल, उपाध्यक्ष उत्तरा नेपालको संयोजकत्तामा भएको एक गाडी एक स्ट्रिकर सहित राजमार्ग सरसफाई तथा जनचेतना मुलक कार्यक्रमका अतिथि नेकपा एमाले पार्टीका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, बागमती प्रदेश संसद सकुन्तला श्रेष्ठ, अभियानका सल्लाहकार गोपी कृष्ण न्यौपाने, नेकपा एमाले मथिनपा नगर अध्यक्ष सुर्यलाल श्रेष्ठ, पुर्वउपप्रमुख तथा अभियानका सल्लाहकार द्वय जुना बस्नेत,अन्जना देवी मधिकर्मी, जिवन विज्ञान सुरेन्द्र बिजुक्क्ष अध्यक्ष मोहन थापा साथै अभियान्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
सदैव अभियानलाई साथ सहयोग गर्नुहुने साथै आज कार्यक्रममा स्ट्रिकर सहयोग गर्नुभएकोमा अभियान सल्लाकार गोपीकृष्ण न्यौपाने ज्युलाई बिषेश धन्यवाद आयोजक कमिटीले विशेष धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रममा सहभागी हुनुभएका संघसस्था नेप्सेम्याक, फुलबारी, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डि वाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, सूर्यविनायक नगर प्रहरी, पातन्जल योग समिति, वेभ ग्रुप, वाईसीएल नेपाल भक्तपुर, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी, आस्था महिला विधालय, ह्यापी एण्ड हेल्थ ग्रुप, अग्रगामी नेपाल, सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह, स्वच्छ बातावरण सन्जाल, हलिओ स्कुल, क्याप नेपाल, मानवीय आस्था नेपाल, चानक्य कलेज, स्वनिगःसाकोस, शुभश्री बचत, सिद्धार्थ बचत, मध्यपुर सन्चार समाज साथै विभिन्न संघ सस्था, विभिन्न पार्टीबाट पाल्नु भएका प्रतिनिधिहरुलाई अभियानको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।
१६औ हप्ताको कार्यक्रम ०८०/०३/०९ गते शनिवारको कार्यक्रम बिहान ७ः०० बजे म.थि.न.पा ३ वडा कौसलटार चोकबाट एक गाडी एक स्टिकट सहित सरसफाई तथा जनचेतना मुलक कार्यक्रम सुरु हुने जानकारी गराइएको छ ।







