खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका–१ का जनक खड्का र शुक्लाफाँटा नगरपालिका–८ का धिरेन्द्र महरालाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

खड्काको साथबाट एक ग्राम ८४० मिलीग्राम खैरो हिरोइन र महराको साथबाट छ ग्राम ४१ मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र