माओवादीले जनता भड्काउने काम गरे : अध्यक्ष ओली

काठमाडौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे । उनले भने, ‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो । उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ  भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’

माओवादी कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको टिप्पणी गरेका  छन् । संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको जानकारी गराए । उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम भएको टिप्पणी गरे । उनले एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र समृद्ध नेपाल रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले