मन्त्रालयमा तार काट्ने मुसा पशुपतिनाथमा छिरेको छ : सांसद आले 

काठमाडौँ, ३२ जेठ । प्रतिनिधि सभाका सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा योपटक पशुपतिनाथमा छिरेको’ बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ  । पहिलोपटक २०७९ माघ १४ गते तार काटियो,” “परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।”

तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । “तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,” आले भन्छन् । उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम

काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि

काठमाडौँ, ८ कार्तिक । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ