पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर, ३१ जेठ । पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बेलाई पक्राउ गरेको हो । उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए ।

गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागरिकसँग भएको थियो । गङ्गासँग दोश्रो विवाह गरेकी उनको श्रीमतीको केही वर्ष अगाडि अङ्गीकृत नागरिकता बनेको थियो । झट्केलो छोरोलाई नागरिकता बनाउन विभिन्न प्रयास गरेपछि उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी

काठमाडौँ, ९ भदौ । बागलुङमा पछिल्लो दुई महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Currency Unit