कांग्रेस जनताबाट टाढिएको छ : शेखर कोइराला 

काठमाडौँ, २६ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनताबाट टाढिएको बताएका छन्

आज चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले अन्य सार्वजनिक संस्थाको जस्तै कांग्रेसको पनि किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने दिन आएको बताए । उनले जनतासँग जोडिने कार्यक्रम आवश्यक भएको बताए । 

उनले भने, “हाम्रासामु चुनौतीको चाङ छन् । पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ,” “हामी यतिबेला जनतासँग टाढिएका छौँ । यो दुःखद् कुरा हो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो ।”

नेता कोइरालाले पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न नसके पार्टीले औचित्य गुमाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा