कांग्रेस जनताबाट टाढिएको छ : शेखर कोइराला 

काठमाडौँ, २६ जेठ । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनताबाट टाढिएको बताएका छन्

आज चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले अन्य सार्वजनिक संस्थाको जस्तै कांग्रेसको पनि किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने दिन आएको बताए । उनले जनतासँग जोडिने कार्यक्रम आवश्यक भएको बताए । 

उनले भने, “हाम्रासामु चुनौतीको चाङ छन् । पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ,” “हामी यतिबेला जनतासँग टाढिएका छौँ । यो दुःखद् कुरा हो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो ।”

नेता कोइरालाले पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न नसके पार्टीले औचित्य गुमाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय