माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्यको सम्झौता

काठमाडौँ, २६ जेठ । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट सञ्चालित छ ।

केएफसी, क्रिमबेल र पिज्जा हुट आउटलेटमार्फत खानाका परिकार अर्डर गर्दा माछापुच्छ्रे बैंकको डिजिटल माध्यमबाट क्यूआर र पीओएसमार्फत डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा १८० रुपैयाँ) सम्मको क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते सञ्चालन हुनेछ । माछापुच्छ्रे बैंकको देशभर १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा