सधैं आशिर्वाद दिनु है आमा…

धर्ती मै छ सबचीज खोजे मिल्छ घरि-घरी,
तर जन्म दिने आमा पाइदैन कसैगरी !
तिमी अकाशबाट पक्कै हेरिरहेको छौ आमा,
म धर्तिमा तिम्रै अनुसरण गर्दै कर्म गर्दैछु !
एक दिन पक्कै भेट हुनेछ आमा,
भेटेर धक फुकाएर कुरा गरम्ला !
तर तिमिले भनेजस्तै आफ्नो स्वार्थका लागि मैले कसैको मन दुखाएको पक्कै छैन,
तिमिले देखेकी छौ नि आमा ??
तिमी हाम्रो माझ नभए पनि तिम्रो मन दुख्ने काम कहिक्यै गर्ने छैन,
हामी भेट्दा तिमी पक्कै खुशी हुन्छौ भन्ने अभिलाशा र आशा छ आमा !
ड्याडी लाई नि आजकै दिनमा छोरोले सम्झेको छ रे भनेर सुनाइदिनु है आमा,
तपाइहरुलाई भेटेरै तपाइहरुकै हातबाट आशीर्वाद लिने ठूलो इच्छा छ आमा !
अबस्य पनि कुनै न कुनै दिन हाम्रो भेट त पक्कै हुने नैछ,
सधैं आशिर्वाद दिनु है आमा…

बिनय जंग बस्नेत,
काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ