सरकारले बीआरआई परियोजना अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौँ, २ चैत । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । 

आज काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै अब सरकारले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताए । 

उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भीर बन्नुपर्ने बताए । उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राखे । उनले भने, ‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्छ भन्ने मलाई लाग्दछ । हामीले जति छिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ । त्यसो हुनाले माननीय उपप्रधानमन्त्रीज्यूमार्फत मेरो आग्रह पनि छ– प्रस्तावित हाम्रा जति पनि योजनाहरु छन् । तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अब फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ ।’ 

उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने तर्क गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ