चीनमा विदेशीमाथिको भिसा प्रतिबन्ध हटाइयो

बेइजिङ, ३० फागुन । चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधबार (भोलि)देखि विदेशीलाई भिसा जारी गरिने विदेश मन्त्रालयले जनाएको छ । 

महामारी नियन्त्रण गर्न सरकारले केही महिनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ । चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै सन् २०२० मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन् ।

राष्ट्रसंघीय विश्व पर्यटन संगठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा ६ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । बीपी राजमार्ग फेरी अवरुद्ध भएको छ । हिजो काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेकाले गएरातिदेखि बीपी राजमार्ग

काठमाडौँ, १६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो

भक्तपुर, १५ बैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अस्पतालको १८ औं स्थापना दिवस आज एक कार्यक्रमका बिच सम्पन्न भएको

काठमाडौँ, १५ बैशाख । जीवाश्म इन्धन (पेट्रोल/डिजेल)को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीब्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको