त्रिभुवन विमानस्थलबाट भारुसहित दुई अमेरिकी पक्राउ

काठमाडौँ, ३० फागुन । प्रतिबन्धित भारतीय रुपैयाँ तीन लाख ३५ हजारसहित दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नागरिक ६९ वर्षीय थुप्तेन ग्लेक ल्हास्वा र ५९ वर्षीया काल्साङ छोदोनलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरू भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए । विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा थुप्तेनको झोलाभित्र भारतीय ५०० दरका ३०० थान र काल्साङको झोलाभित्र ५०० दरका ३७० थान भारु फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले

काठमाडौँ, १८ बैशाख । कैलालीको धनगढीमा होटलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी  उपमहानगरपालिका–५ हसनपुरको रोहित होटलमा

काठमाडौँ, १८ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, १८ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।