काठमाडौँ, ३० फागुन । प्रतिबन्धित भारतीय रुपैयाँ तीन लाख ३५ हजारसहित दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नागरिक ६९ वर्षीय थुप्तेन ग्लेक ल्हास्वा र ५९ वर्षीया काल्साङ छोदोनलाई सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरू भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए । विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा थुप्तेनको झोलाभित्र भारतीय ५०० दरका ३०० थान र काल्साङको झोलाभित्र ५०० दरका ३७० थान भारु फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।