एम्बुलेन्स नै बिरामी !

गुल्मी, २९ माघ । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउँछ, बिरामी बोक्ने । हुन पनि हो, एम्बुलेन्सले बिरामी नै बोक्छ । तत्काल अस्पताल लैजानुपर्ने बिरामीहरूका लागि एम्बुलेन्स हाम्रा लागि निर्विकल्प यातायातको साधन हो ।

तर, गुल्मीमा बिरामी बोक्ने एम्बुलेन्स आफैं बिरामी पर्दा समस्या भएको छ । गुल्मीमा गुल्मी अस्पताल, रेडक्रस सोसाइटी, आशा अपाङ्ग केन्द्रलगायत विभिन्न पालिकामा एम्बुलेन्स बिरामी अवस्थामा छन् । तर, तिनको उचित संरक्षण एवं व्यवस्थापनमा कसैको चासो गएको छैन ।

गुल्मी जिल्ला अस्पतालमा दुई एम्बुलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै बिग्रिएका एम्बुलेन्स भएपनि अहिले नयाँ भवन बन्दै गरेकाले झाडीमा फालिएको छ । झ्याप्प हेर्दा एम्बुलेन्स जस्तो जनि नदेखिने दुई एम्बुलेन्सलाई झाडीले घेरेको छ ।

अस्पतालका व्यवस्थापक असिम चौधरीका अनुसार एम्बुलेन्स कहिलेदेखि प्रयोगविहीन भए भन्ने कुनै आधिकारीक जानकारी छैन् । एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तर, अस्पतालमै बिरामी एम्बुलेन्स हुँदा न त तिनको उपचार हुन सकेको छ, न त उचित व्यवस्थापन नै ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार