राष्ट्रपति कार्यालयद्वारा चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै पत्राचार

काठमाडौँ, १८ माघ । राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए ।

उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले ती मागहरु सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएकी थिइन् । सोहीअनुसार सोमबार राष्ट्रपति कार्यालयले ती माग समेटिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति