अरुण तेस्रोमा एक कामदारकाे मृत्यु, दुई जना घाइते

सङ्खुवासभा, १७ माघ । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ‘ब्लास्टिङ’ गर्ने क्रममा एक जना कामदारकाे ज्यान गएकाे छ भने दुई जना घाइते भएका छन् ।

आज पावर हाउसको सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का २२ वर्षीय सूर्य गोले तामाङको ज्यान गएको सङ्खुवासभाका प्रहरीले जनाएको  छ । यस्तै ब्लास्टिङ गर्ने क्रममा भोजपुर नगरपालिका ४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ र पाँचपोखरी ५ कै ३८ वर्षीय मंगोल तामाङ घाइते भएका छन् ।

सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकाेमा सूर्य गाेले तामाङकाे उपचारका क्रममा ज्यान गएकाे हाे । घाइते दुई जनाकाे अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर उनीहरू घाइते भएका थिए । 

चिचिला गाउँपालिका ३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका ५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ । अरुण तेस्रोको आयोजना स्थलमा नेपाली र भारतीय गरी झन्डै चार हजारकाे सङ्ख्यामा मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको