थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठग्ने पक्राउ

वीरगञ्ज, १६ माघ । वीरगञ्जबाट ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको आरोपमावीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने ५२ वर्षीय धिरेन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई आइतबार यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट पक्राउ गरिएको हो । उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू

जुम्ला, ११ असार । जुम्लामा भूकम्प गएको छ । आज बिहान ५ बजेर ३६ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको

कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको