आधा दर्जन उद्योगविरूद्ध मुद्दा

काठमाडौँ, १५ माघ । न्यून गुणस्तरका वस्तु उत्पादन गर्दे बजार पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मोरङका आधा दर्जन उद्योगविरूद्ध मुद्दा दायर गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले न्यून गुणस्तरका वस्तु उत्पादन गर्दै बजार पठाउने ६ वटा उद्योगविरूद्ध अदालतमा मुद्दा दायर गरेको हो । खाद्य प्रविधिले विराटनगर-१९ स्थित शिखर अर्गनाइजेशन लिमिटेडबाट उत्पादन हुने मकै न्यून गुणस्तरको पुष्टि भएपछि ५० हजार रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गर्दै मोरङ अदालतमा मुद्दा दायर गरेको जनाइएको छ ।

यस्तै, चौपायको आहार उत्पादन गर्ने मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीस्थित नेपाल बलहोप एग्री टेक प्रालिले दूषित दाना पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएपछि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ महिनादेखि १ वर्षसम्मको कैद सजायको माग दाबी लिएर जिल्ला प्रशासन कार्यालय माेरङमा मुद्दा दायर गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

प्युठान, १३ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्नसक्ने बताएका छन् ।

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरूप्रति

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई