राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन : ईश्वर पोखरेल

सिन्धुपाल्चोक, १४ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् । उनले अहिले बनेको समीकरणानुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गरे । राजनीतिक दलहरूबीच भएको सहमतिलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले) सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा शनिबार दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।

“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ,” वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।”उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमी–कमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

एमाले मत मिलाउने मात्र नभई मन मिलाउने पार्टी भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३