राजाको स्थानमा ठुला दलका नेता बसेर जनताको शोषण गरे : प्रभु साह

रौतहट, १४ माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको बताए ।

उनले अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए । अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए । जुनै सरकार फेरिए पनि यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभूति गर्न सकेका छैनन्, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन, उनले भने । देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका

काठमाडौँ, ९ भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे

काठमाडौँ, ९ भदौ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज नबस्ने भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने गरी यसअघि

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताउनुभएको