राष्ट्रपति पौडेलद्वारा कलशमा छाँया दर्शन

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाँया दर्शन गर्नुभएको छ ।

चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको थियो ।

भक्तपुरस्थित चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतिकका रुपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौँको हनुमान ढोका तथा वसन्तपुर ल्याउने गरिन्छ । त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छाँया दर्शन गरी टीका, फुल र प्रसाद ग्रहण गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र