दादुरा संक्रमितको संख्या १८८ पुग्यो 

बाँके, २ माघ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीव्र बन्दै गएको छ ।

उपमहानगरका २३ वडामध्ये आइतबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए ।

१५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा बढी संक्रमित छन् भने ४ नम्बर वडामा ३१ महिने एक बालकको मृत्यु भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको तथ्यांक अनुसार हालसम्म संक्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा रहेको छ । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि