दादुरा संक्रमितको संख्या १८८ पुग्यो 

बाँके, २ माघ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पुस १२ गतेदेखि देखिएको दादुरा संक्रमण तीव्र बन्दै गएको छ ।

उपमहानगरका २३ वडामध्ये आइतबारसम्म १५ वडामा संक्रमण फैलिएको छ भने संक्रमित बालबालिकाको संख्या १८८ पुगेको छ । नेपालगञ्जमा शनिबार एकैदिन २० जना र आइतबार १२ जना संक्रमित थपिएका थिए ।

१५ वडामध्ये ४, ५, ६, ९ र १२ नम्बर वडामा २० भन्दा बढी संक्रमित छन् भने ४ नम्बर वडामा ३१ महिने एक बालकको मृत्यु भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको तथ्यांक अनुसार हालसम्म संक्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा रहेको छ । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगञ्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको