डा. भगवान काेइरालाकाे पुस्तक ‘हृदय’को नियमित संस्करण सार्वजनिक

काठमाडौँ, २९ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक भएको छ ।

आज नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा डा. कोइरालाको पुस्तक ‘हृदय’बारे विद्वान् राम लोहनीले समीक्षात्मक टिप्पणी गरेका थिए । कोइरालाको पुस्तक ‘हृृदय’ले नेपालको स्वास्थ्य क्षेत्रका समस्या, समाधान एवम् यससम्बद्ध विषयलाई मात्र होइन, कोइरालाले आफ्नो जीवनमा सामना गर्नुपरेका सङ्घर्षहरूलाई विशेष रुपमा प्रस्तुत गरेको लोहनीले बताए । 

‘हृृदय’को नियमित संस्करण काठमाडौँका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाडौँ बाहिरका लागि पाँच सय ७५ रुपैयाँ मूल्यमा उपलब्ध रहेको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । भदौ २८ मा सार्वजनिक गरिएको सीमित विशेष संस्करणकाे भने प्रति किताब मूल्य २५ हजार रुपैयाँ ताेकिएकाे थियाे । २५ सय प्रति मात्र मुद्रण भएको ‘हृदय’ को विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ निर्माण परियोजनामा खर्च गरिनेछ । यस्तै विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५ सय सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।  नियमित संस्करणको ५० प्रतिशत लेखकस्व पनि त्यही बाल अस्पताल निर्माणलाई हस्तान्तरण गर्ने डा. कोइरालाले बताउनुभएकाे छ । यसरी काठमाण्डाैको बाँसबारीमा निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष