डेङ्गुका बिरामीले भरिँदै काठमाडौँ उपत्यकाका अस्पताल

काठमाडौँ, १४ भदौ । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् ।

टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ । उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए ।

शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन् । उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निने जस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको छ । अस्पतालका उपनिर्देशक डा. आचार्यले शिक्षण अस्पतालको आकस्मिक वा ओपीडीमा आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको जानकारी दिए। उनका अनुसार डेङ्गु पुष्टि भएर घरमै आराम गरी बस्ने बिरामीको सङ्ख्या सयौँ छ । 

हाल शिक्षण अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी ११ जना रहेका छन्। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता नवराज गौतमले अस्पतालमा डेङ्गु बिरामीका लागि शय्यासमेत पाउन मुस्किल परेको जानकारी दिए । टेकुमा २२ जना बिरामीलाई भर्ना गरेर राखिएको छ। तीमध्ये चार जनालाई आईसीयूमा राखिएको छ। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद