काठमाडौँ, १९ साउन । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ ।
३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो । आज कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ । त्यस्तै आज ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।