अनेरास्ववियुद्वारा डुबान क्षेत्रका नागरिकलाई तत्काल उद्दार र राहत वितरण गर्न माग

काठमाडौँ, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले डुबान क्षेत्रका नागरिकहरुलाई तत्काल सुरक्षित स्थान तर्फ उद्दार गर्न र राहत वितरणको कार्यमा तीव्रता दिन सरकारसमक्ष जोडदार माग गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न समेत  आग्रह  गरेको छ ।

साथै अनेरास्ववियुले दुखद घटनामा परी घाईते भएकाहरु शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहत र उद्दारको कार्यमा क्रियाशील रहन सम्बन्धित स्थानका सम्पूर्ण नेता/कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्