विप्लवको पार्टीद्वारा अशान्ति पैदा गर्ने गतिविधि रोक्न अमेरिकालाई आग्रह

काठमाडौँ, १९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्को नेपाल कम्युनिष्ट पार्टीले अमेरिकालाई अशान्ति पैदा गर्ने गतिविधि रोक्न आग्रह गरेको छ ।

आज नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको चर्को विरोधका बाबजुद ताइवान भ्रमण गरेर साम्राज्यवादी चरित्र देखाएको आरोप लगाएको छ ।

विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा अमेरिकाले ‘एक चीन नीति’ विपरीत गतिविधि गरेको समेत टिप्पणी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वका सबैजसो देशहरूले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा ‘एक चीन नीति’ विपरीत भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ,’ विभाग सचिव आमुलले जारि गरेको ‘साथै अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्