भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि

एजेन्सी, १९ साउन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् ।

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । 

उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्