नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौँ, १८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य अंकले घटेको छ ।

आज नेप्से ६.७१ अंकले घटेर दुई हजार एक सय ८६ दशमलब ७७ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा चार अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ९६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.७० रुपैयाँ पुगेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२९.७० रुपैयाँ पुगेको हो । 

नेप्सेका अनुसार आज स्ट्याण्डर्ड चाटएर्ड बैंक, गुलविल फाइनान्स र बोटलर्स नेपाल कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।                           

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्