अब मोबाइलबाट पहिरो निगरानी 

काठमाडौँ, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् ।

त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने लगायतका काम हुने उनले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाउनु भएको छ । डोजरहरु कहाँकहाँ छ भन्ने हामीलाई ठ्याक्क थाहा हुन्छ । यदि त्यो एरियामा रेस्पोन्स गर्नुपर्यो भने तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एउटा एप डेभलप गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको