काठमाडौँ, १७ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





