धरानका मेयर साम्पाङलाई मन्त्री चौधरीको निम्तो

काठमाडौँ, १५ साउन । सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् ।

सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’

हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने बताएका मन्त्री चौधरीले साम्पाङको खुलेरै प्रशंसा गर्दै भने, ‘प्रमुख सा’बले सुरु गर्नुभएका सबै योजनामा पुरै सहयोग गर्नेछु । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु ।’ मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ?

मन्त्री चौधरीले पनि छिट्टै आउन आग्रह गरे । धरानमा रहेको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्