मोरङ, १५ जेठ । मोरङको कटहरीमा एक पुरुषको शव फेला परेको छ ।
मोरङ प्रहरीका कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो ।
शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका छ । सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको छ भने शवको निधारको भागमा चोट छ । प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको छ ।