अमेरिका र युरोपमा मन्किपक्स फैलिँदै

वासिङटन, ६ जेठ । स्वास्थ्य निकायहरू र स्थानीय सञ्चार माध्यमले अमेरिका, क्यानडा, स्पेन, पोर्चुगल र बेलायतमा ‘मन्किपक्स’बारे अहिले अनुसन्धान भइरहेको जनाएका छन् ।

हालैमात्र अमेरिकामा एकजनामा मन्किपक्स भएको पुष्टि भएको छ । क्यानडामा अन्य आशंकित घटनाहरूबारे छानबिन चलिरहेको छ । त्यसैगरी पोर्चुगलमा पाँचवटा र स्पेनमा सातवटा संक्रमणका घटना पुष्टि भएका छन् । ‘मन्किपक्स’ मध्य तथा पश्चिमी अफ्रिकाका विकट भागहरूमा बढी मात्रामा देखापर्ने गरेको छ । यी क्षेत्रमा पुग्नेहरूले यस रोगलाई अन्यत्र सार्ने गरेको पाइएको छ ।

मन्किपक्स एक प्रकारको अनौठो भाइरल संक्रमण हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाकाअनुसार सामान्यतया हल्का संक्रमणको रूपमा देखिने यो रोगबाट प्राय: मानिसले केही साताभित्रै मुक्ति पाउँछन् । यो भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो ठूलो संख्यामा मानिसमा फैलिने जोखिम न्यून हुन्छ । यस रोगको पहिलो केस ७ मेमा बेलायतमा देखिएको थियो । बेलायतको स्वास्थ्य सुरक्षा निकायले ती व्यक्तिले हालसालै नाइजेरियाको भ्रमण गरेकाले उनले त्यहीबाट भाइरस बोकेर आएको हुनुपर्ने जनाएको छ । बेलायतमा अहिले नौ जनामा मन्किपक्सको पुष्टि भइसकेको छ । 

त्यसैगरी हालै अमेरिकाको मास्साचुसेत्स राज्यका एक पुरुषमा यो रोगको पुष्टि भएको हो । उनी पनि हालसालै १३ जना आशंकित मन्किपक्स संक्रमित माथि छानबिन भइरहेको क्यानडाको भ्रमण गरेर फर्केको बताइएको छ । छालामा खटिरा र ज्वरो आउनु, टाउको र माशंपेशी र ढाड दुख्नु , थकान महशुस हुनु तथा जिउ चिसिनु आदि यसका लक्षण हुन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद