एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या

काठमाडौँ, १६ बैशाख । एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ । 

धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो ।

एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्था सिर्जना भएको बिहीबार सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। धुलिखेल अस्पतालका प्राडा सोनी शाक्यको नेतृत्वमा भएको अध्ययनमा धुलिखेल नगरपालिकाका वडा नं २ र वडा नं ६ का ४ सय ५४ जना १८ वर्षमाथिका स्वस्थ मानिस र १ सय ७० वटा स्वस्थ कुखुरा समावेश गरिएको थियो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद