काठमाडौँ, १३ मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख २६ सय ५३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ जना पुगेको छ ।