माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व

चितवन, १२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

कालिका र रत्ननगर नगरपालिकामा आज नयाँ नेतृत्व चयन हुँदैछ ।  जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङका अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए । 

अध्यक्ष परियारका अनुसार पालिकामा सात सदस्यीय पदाधिकारी हुने व्यवस्था रहेको छ । पदाधिकारीसहित महानगरमा ९९, नगरपालिकामा ६५ र गाउँ पालिाकामा ५५ जनाको समिति बन्ने व्यवस्था छ । सातै पालिकामा सम्मेलनको उद्घाटन शनिबार गरिएको छ । साँझसम्ममा पाँच पालिकामा नयाँ नेतृत्व चयन भए पनि बाँकी दुई पालिकाको छलफल नसकिएकाले आजका लागि सरेको छ । सबै पालिकाहरुमा सर्वसम्मत समिति बनेको हो ।

तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । यसअघि पार्टीको जिल्लाका ९८वडामा समिति चयन गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्