माओवादी सुदृढ र क्रान्तिकारी बन्ने अभियानमा छ : मन्त्री भुसाल

ललितपुर, ११ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको बताउनुभएको छ ।

दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले २१औं शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।”

वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि