भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

भक्तपुर, ११ मंसिर । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो । 

वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए । आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताए । नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ

काठमाडौँ, २ बैशाख । आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आज

काठमाडौँ, २९ चैत । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका निम्ति प्रतिबन्ध लगाएको छ ।  विभागीय टिम

काठमाडाैँ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न