हत्याका आरोपी सभामुख कठपुतली गठबन्धनको मतियार: दाँतबाट पसिना आयो

काठमाडौँ, २३ भदौ । नेपालको संविधानमा प्रष्ट रुपमा उल्लेख गरिएको छ कि सभामुखले कुनै दलको सदस्यता समेत त्याग्नुपर्छ । तर हत्याका आरोपी प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले त्यसलाई लत्याउँदै व्यवस्थालाई नै चुनौती दिँदै माओवादीको मतियारका रुपमा काम गर्नुभएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले दलीय व्यवस्थालाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभयो । सभामुख सापकोटा ‘सत्तारुढ कठपुतली गठबन्धनको मतियारको भूमिका निर्वाह गरेको भन्दै प्रमुख सचेतक भट्टाराईले कडा शब्दमा आपत्ती जनाउनुभयो । एमालेले कारवाही गरेका १४ जना सांसदहरुलाई कारवाही नगरी न्यायाधिसको जस्तो फैसला सभामुखले गरेको भन्दै यही अवस्थामा संसद चल्न नदिने समेत उद्घोष गर्नुभयो । आजको बैठकमा एमालेले सदनमा नै सभामुख विरुद्ध नारावाजी गर्दै हंगामा समेत गरेको छ । जसले गर्दा सभामुखले संसदलाई चलाउन सक्नुभएन । संसद चलाउन त सक्नु भएन नै उहाँले संसदको बैठक २५ गते बस्ने भनेर जानकारी गराएर प्रतिपक्षी दलका सांसदहरुलाई हेर्न समेत सक्नुभएन । भागे जसरी नै रोष्टम छोड्नु भयो । जसबाट पनि प्रष्ट हुन्छ कि आफ्नो अनैतिक कार्य भण्डाफोर हुँदै जाने भएकाले जनताको माझमा कसरी अनुहार देखाउने भनेर । एकतर्फ संसद चलाउन नसक्ने, अर्को तर्फ हत्याको आरोपी सभामुख सापकोटाले जनताले चाहेको र लामो समयसम्म आन्दोलनबाट प्राप्त उपलब्धी अनुसारको कानुन निर्माण गर्न सक्ने अवस्था देखिँदैन ।

संसदमा सभामुखको आसनमा बस्नुभएका सापकोटाले प्रमुख प्रतिपक्षी दलमाथि आपत्तीजनक शब्दहरु समेत प्रयोग गर्नुभएको छ । सभामुखले प्रतिपक्षी दललाई सदन सञ्चालन भएको समयमा नै झन्केर बोल्नुभयो जसले गर्दा आज सदन समेत चल्न सकेन । उहाँलेको आफ्नै व्यवहारले सदन सञ्चालन गर्न दाँतबाट पसिना समेत आउने अवस्था सिर्जना भएको छ ।

केही समय अघि राजनीतिक स्वार्थ पुरा गर्न सभामुख सापकोटाले दाँतको उपचार गर्ने बहानामा एमालेले कारवाही गरेका १४ जनाको पद जोगाई दिनुभएको थियो । जसको सभामुख सापकोटाको एउटै आश हो, आफ्नो पद कुनै पनि हालतमा बचाउने रहेको देखिन्छ । उखान छ, ‘ट्वाईलेटमा एक रुपैंया राखेर लोभी व्यक्तिलाई मुखले टिप्न लायो भने पनि टिपेर लैजान्छ ।’ त्यस्तै सभामुखले आफ्नो पदलाई जोगाउन संविधानलाई लत्याउँदै संसदमा राजनीति गरिरहनुभएको प्रतिपक्षी दलहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका