चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल: अर्थमन्त्री

काठमाडौँ, १४ जेठ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

आज आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड-१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् । उनका अनुसार नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको छ ।

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका

काठमाडौँ, ७ असार । नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन हाल देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको

धादिङ, ६ असार । धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी थप एक साता निषेधाज्ञा गर्ने भएको छ ।