शेयर बजारमा नयाँ रेकर्ड कायम

काठमाडौँ, १० जेठ । शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस्तै आज १३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हो ।

आज १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरका दुई करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड आज एक हप्तामै तोडिएको हो । सबैभन्दा धेरै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक अर्ब २६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

आज वरुण हाइड्रोपावर, युनाइटेड मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर मूल्य भने चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत