काठमाडौँ, ६ जेठ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ४ सयले बढेर ९३ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





