डिजिटल कारोबार : चैतमा साढे ४८ अर्बको मोबाइल बैंकिङ काराेबार

काठमाडौँ, ३० बैशाख । कोरोना भाइरसको संक्रमणबाट बच्न भएको लकडाउन र निषेधाज्ञासँगै डिजिटल भुक्तानीमार्फत हुने कारोबार निकै बढेको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस मार्फत गएको चैत महिनामा मात्रै १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ कारोबार भएको छ । फागुन महिनामा कनेक्ट आईपीएसमार्फत १ खर्ब १० अर्ब रुपैयाँ मात्रै कारोबार भएको थियो । गएको असार महिनामा यस्तो कारोबार जम्मा ५१ अर्ब रुपैयाँ मात्रै थियो । यस्तै, चैत महिनामा मोबाइल बैंकिङका एक करोड १० लाख वटा कारोबारमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ कारोबार भएको छ । यो अघिल्लो महिना भन्दा १० अर्ब रुपैयाँले धरै हो । चैत महिनामै इन्टरनेट बैंकिङमार्फत तीन लाख तीन हजार वटा कारोबार हुँदा १० अर्ब २ करोड रुपैयाँ कारोबार भएको छ  ।

यस्तै वालेटमार्फत हुने कारोबार पनि चैत महिनामा ११ अर्ब रुपैयाँ पुगेको छ । चैत महिनामा वालेटमार्फत एक करोड १४ लाख वटा कारोबार भएका छन् । यस्तै क्यूआर कोडमार्फत दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै ई–कमर्सबाट एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । चैत महिनामा एटीएम मेसिनबाट ७० अर्ब ६० करोड रुपैयाँ नगद झिकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021