कालीमाटी तरकारी बजार बन्द

काठमाडौँ, २८ बैशाख । कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

तरकारी बजार विकास समितिले मङ्गलवार (आज) एक सूचना निकालेर आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । 

आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एक वटा थोक पसलमा अधिकतम दुई जना बसी सामाजिक दुरी कायम गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्शन र्‍याक/होल्डिङ र्‍याकमा कारोबार गर्न निर्देशन दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा