काठमाडौँ, २८ बैशाख । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ ।
चीनबाट नेपाल एयरलाइन्सको जहाजमा ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन नेपाल ल्याएको हो ।
यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।





