परिसूचक नेप्से २७.४१ अंकले बढ्यो

काठमाडौँ, २७ बैशाख । बजार परिसूचक नेप्से सोमबार २७.४१ अंकले बढेर २६४५.८६ अंकमा बन्द भएको छ ।

 सोमबार प्रि ओपन सेसनमा ५ अंकभन्दा माथिले घटेर २६१३.१८ अंकमा खुलेको थियो । बजार खुलेको केही मिनेट ओरालो लागे पनि लगत्तै उकालो लागेको बजार अन्ततः १ प्रतिशतभन्दा माथिले बढेर बन्द भएको छ ।

बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज कारोबार रकम ४ अर्ब २० करोडमा सीमित भएको छ । आज नेप्सेमा ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३३ हजारको कारोबार भएको छ । सबै उपसूचकमा हरियाली छाउँदा सोमबार अन्य, उत्पादन र निर्जीवन बिमा उपसूचकले लिड गरेको छ । अन्य उपसूचक सर्वाधिक ३.९३ प्रतिशत, निर्जीवन बिमा २.६४ प्रतिशत र उत्पादन उपसूचक २.३७ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.२ प्रतिशतले मात्रै बढेको छ ।

आज नेप्सेमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गर्दा अपर तामाकोसीले पछ्याएको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक २७ करोड ४ लाख २८ हजार कारोबार हुँदा अपर तामाकोसीको १९ करोड ६७ लाख ६८ हजारको कारोबार भएको छ । आज नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको साधारण र सस्थापक दुवै सेयरमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

यता, विशालबजार कम्पनीको सेयर मूल्यमा आज पनि नकारात्मक सर्किट लाग्दा जोशी हाड्रोपावरको सेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका १३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021