बढ्यो खाने तेलको मूल्य

काठमाडौँ, २२ बैशाख । खुद्रा मूल्य २२० देखि २४० रुपैयामा पाइने खाने तेलको मूल्य अहिले भने प्रतिलिटर ३० देखि ४० रुपैयाँले बढेर २७५ देखि २८० रुपैयाँ पुगेको छ ।  अहिले आम उपभोक्ताले एक लिटरको एक पाटेक सन फ्लावरको तेल किन्नको लागि २८० रुपैयाँ खर्च गर्नुपर्छ । भटमासको तेल किन्न २७५ रुपैयाँ र तोरीको तेल किन्न ३ सय रुपैयाँ खर्च गर्नु पर्ने भइसकेको छ । १५ दिन अघिसम्म प्रतिलिटर खाने तेल २४० देखि २५० रुपैयाँमा पाइन्थ्यो । 

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय तेलको मूल्य अत्यधिक रुपमा बढ्दै गएको छ । १५ दिनमा प्रतिलिटर तेलको मूल्यमा ४० रुपैयाँले वृद्धि हो । ‘पछिल्लो समय तेलको मूल्य अचाक्ली बढेको छ,’ उनले भने ‘खाने तेलमा पनि सबैभन्दा बढी मूल्य वृद्धि भटमासको तेलको भएको छ ।’ १ वर्षको अवधिमा प्रतिलिटर तेल १ सय रुपैयाँले वृद्धि भइसकेको छ ।’ गत वर्षसम्म सनफ्लावर र भटमासको तेल १५५ देखि १७० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले मूल्य आँकासिएको छ । 

खुद्रा व्यापार संघले वैशाख ७ गते प्रकाशित गरेको तेलको खुद्रा मूल्य अुनसार प्रतिलिटर सनफ्लावर तेलको मूल्य २४० रुपैयाँ छ भने भटमासको तेलको मूल्य २२० रुपैयाँ छ । अहिले दुबै तेलको मूल्य बढेर १७० देखि १८० रुपैयाँसम्म पुगेको छ । आम सर्वसाधारणले खाने भनेको भटमास तथा सनफ्लावरको तेल हो । यसमै अत्यधिक मूल्य वृद्धि भएका कारण आम उपभोक्ता यो महामारीमा अझ मारमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021