काठमाडौँ, २२ बैशाख । बुधबार नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ६० अंकमा झरेको छ ।
बुधबार २ वटा कम्पनीको त १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । यी दुई समेत १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ ।
१६ कम्पनीको सेयर मूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सबै भन्दा धेरै कमाउनेमा रिढी हाइड्रो पावर र रैराङ हाइड्रोपावर देखिएका छन् ।
आईपीओ सूचीकृतभएसँगै बढ्ने क्रम शुरु भएको महिला लघुवित्तको सेयर मूल्य पनि आज करिब १० प्रतिशतले बढ्यो । लामो समय कारोबार रोक्का भएर फुकुवा भएको विशाल बजारको सेयर मूल्य पनि हिजो अस्ति जस्तै आज पनि करिब १० प्रतिशतले नै बढ्यो ।