काठमाडौँ, २० बैशाख । सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको छ ।