सिटिजन्स बैकको नाफा ४१.६१ प्रतिशतले बढ्यो

काठमाडौँ, ७ बैशाख ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफा उल्लेख्य वृद्धि भएको छ ।

कोरोना महामारीका बीच सिटिजन्सले उक्त अवधिमा खुदनाफा ४१.६१ प्रतिशतले बढाउन सफल भएको छ । चैतसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा ९ महिनाको अवधिमा ४५ करोड ४० लाख रुपैयाँ खुदनाफा बढाएको उल्लेख छ ।

सो नाफाबाट सेयरधनीलाई १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने बैंकले जानकारी दिएको छ । निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भएको वृद्धिका कारण खुदब्याज आम्दानी र अन्य आयमा भएको बढोत्तरीले खुदनाफा गत आर्थिक वर्षको भन्दा सुधार देखिएको वित्तीय विवरणमा उल्लेख छ । बैंकले ९ महिनामा २ अर्ब ५४ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुदब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २०.७२ रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी १६.८७ रुपैयाँ थियो । यस्तै प्रतिसेयर कितावी मूल्य १४६.८७ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात १.८३ प्रतिशत छ । निक्षेप लागत घटेर ५.७१, प्राथमिक पूँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.१३, आधारदर ७.४४ र ब्याजदर अन्तर (स्प्रेड) ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको सञ्चित कोषको आकार बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । ९ महिनामा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह पनि बढेर १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।